Comments Add Comment

राजधानीमा सुरु भो तेस्रो पूर्वाधार सम्मेलन

२५ भदौ, काठमाडौं । तेस्रो पूर्वाधार सम्मेलन बुधबारदेखि राजधानीमा सुरु भएको छ । नेपाल उद्योग परिसंघको आयोजनामा होटल ह्यातमा सम्मेलन सुरु भएको हो ।

परिसंघले नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदायसमेतको सहकार्यमा आयोजना गरिएको सम्मेलनलाई गत वर्ष सम्पन्न लगानी सम्मेलन २०१९ को फलोअपको रूपमा हेरिएको छ । लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउनसमेत यो सम्मेलन उत्प्रेरक हुने अपेक्षा गरिएको छ ।

२ दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन ४ वटा सेसन हुने आयोजकले जनाएका छन् । बिहान १०ः३० बजे सुरु हुने पूर्वाधारबारेको पहिलो बिजनेस सेसनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै पुष्पराज कँडेल र उचोङ उमले आफ्ना भनाइ राख्ने कार्यक्रम छ ।

बिजनेस सेसनकै दोस्रो सत्र १२ः३० बजे सुरु हुनेछ । पूर्वाधार र क्षेत्रीय कनेक्टिभिटी नाम दिइएको सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, स्वर्णिम वाग्ले र नोरिदामा मोरिता वक्ता छन् ।

आयोजकका अनुसार तेस्रो र चौथो सेसनका लागि अर्थमन्त्री युवराज खतिवडा, कृष्णबहादुर महरालाई हुँदैछन् । आजै साँझ हुने ओपनिङ प्ललेनरिङमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रूपमा निम्त्याइएको छ । त्यस्तै डा. हान स्योङ सू किनोटले पनि पूर्वाधारबारे धारणा राख्नेछन् । हान दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment