Comments Add Comment

बलियो वर्ड अफ माउथले ‘छिछोरे’को आक्रामक कमाई

बलिउडमा यतिबेला स्टारडम भन्दा पनि कथा चलिरहेको छ । ठूला ठूला स्टारका चलचित्र असफल भैरहेको समयमा कथावस्तु राम्रो भएका चलचित्र चलिरहेका छन् । यसको पछिल्लो उदाहरण हो, चलचित्र ‘छिछोरे’ ।

यो चलचित्रले इनिसियल व्यापार मात्र होइन, सोमबारदेखिको व्यापार पनि गज्जबको गरिरहेको छ । शुक्रबार ७.३२ करोडको व्यापार गरेको चलचित्रले शनिबार १२.२५ करोड, आइतबार १६.४१ करोडको व्यापार गर्यो । तर, सोमबारबाट चलचित्रको व्यापारमा खासै गिरावट आएको छैन ।

चलचित्रले सोमबार ८.१० करोड र मंगलबार १०.०५ करोडको कमाई गरेको छ । योसँगै चलचित्रको व्यापार सोमबारसम्म ५४.१३ करोड पुगेको छ । सुशान्त सिंह राजपुत, श्रद्धा कपुर अभिनित यो चलचित्रको कथावस्तुलाई दर्शकले अत्याधिक रुचाएका छन् । चलचित्रको व्यापारिक रफ्तार हेर्दा यसले सय करोड क्लबमा आफूलाई उभ्याउने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment