
२६ भदौ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार अपरान्ह मन्त्रिपरिषदको बैठक डाकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुबाट फर्केपछि सामान्यतः आराम गरिरहेकाले सिंहदरबारको साटो बालुवाटारमै मन्त्रिपरिषदको बैठक बस्न थालेको हो ।
सिंगापुरबाट फर्केर प्रधानमन्त्रीले अघिल्लोपटक पनि बालुवाटारमै मन्त्रिपरिषद बैठक राखेका थिए ।
प्रधानमन्त्री ओलीले अब काममा सक्रिया हुने बताए पनि उनको उपचार प्रक्रिया अझैसम्म जारी नै रहेको छ । प्रकानमन्त्रीको मुटुमा राखिएको क्याथेटर बुधबार शिक्षण अस्पतालका डाक्टरहरुले निकालेका थिए ।
स्रोतका अनुसार आज बस्ने क्याबिनेट बैठक डेंगुको प्रकोप एवं कतिपय कानुन निर्माण लगायतका एजेण्डामा केन्द्रित हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4