Comments Add Comment

‘पासवर्ड’ प्रिमियरका लागि सन्नी नेपालमा

बलिउड आइटम गर्ल सन्नी लियोनी नेपाल आएकी छिन् । आज बेलुकी काठमाण्डौको कुमारी हलमा आयोजना हुन लागेको चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आएकी हुन् । सन्नी निर्धारित समय भन्दा करिब ३ घन्टा ढिलो त्रिभुवन विमानस्थलमा ओर्लिएकी थिइन् ।

सन्नीले त्रिभुवन विमानस्थल बाहिर उपस्थित पत्रकार तथा आफ्ना फ्यानलाई अभिभावदन गरिन् । उनी आज बेलुकी आयोजना हुने प्रिमियरमा सहभागी भएर भोलि फर्किनेछिन् । सन्नीको सुरक्षाका लागि विमानस्थलमा सुरक्षागार्ड र प्रहरीको बाक्लो उपस्थिती थियो ।

सन्नीले नेपाली चलचित्र ‘पासवर्ड’को एक गीतमा आइटम नृत्य गरेकी छिन् । यो चलचित्र भोलीबाट नेपाल लगायत विभिन्न देशमा रिलिज हुँदैछ । सन्नी नेपाल आउँदा चलचित्रको व्यापारमा फाइदा पुग्ने अपेक्षा निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment