Comments Add Comment

कांग्रेसको कार्यक्रममा नेकपाको आक्रमण, बाँके सभापतिको हात भाँच्चियो

२६ भदौ, नेपालगञ्ज । बाँकेको सीतापुरमा नेपाली कांग्रेसको कार्यक्रममा सत्तारुढ दलका कार्यकर्ताले आक्रमण गरेका छन् । घटनामा परी बाँके कांग्रेसका सभापति किरण कोइरालाको हात भाँच्चिएको छ भने अरु केही सामान्य घाइते भएका छन् ।

राष्ट्रिय जागरण अभियान अन्तरगत खजुरा गाउँपालिका–२ सितापुरस्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भइरहेको थियो । केन्द्रीय प्रतिनिधि विद्या खनालकाअनुसार अन्तक्र्रिया सकिएपछि १३ जना युवा नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेका थिए । साथै गाउँपालिकामा भएको भ्रष्टाचारका विषय पनि उठेको थियो ।

त्यही कारण वडा नम्बर १ का वडाध्यक्ष सुुमन मल्लको निर्देशनमा राष्ट्रिय जागरण अभियान विथालिएको हुनसक्ने खनालले अनलाइनखबरलाई बताए । उनले भने, म बोल्दै थिएँ, उनीहरु सरासर आए । हातपात गर्ने, कुर्सी भाच्न थाले ।’

१४÷१५ जनाको समूह प्रेवश गरेर ‘यो हाम्रो क्षेत्र हो, यहाँ कांग्रेसले कार्यक्रम गर्न पाउँदैन’ भन्दै आक्रमण गरेको र त्यही क्रममा कोइरालाको हात भाँच्चिएको हो ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख भनिएको छ, यति ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ ।’

कांग्रेसले घटनाको भत्र्सना गर्दै नदोहो¥याउन नेकपालाई चेतावनी दिउको छ । साथै आक्रमणकारीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment