Comments Add Comment

लामखुट्टे धपाउन बालिएको धुपबाट पर्सामा आगलागी, गोठ र वस्तुभाउ जले

२७ भदौ, वीरगञ्ज । लामखुट्टे धपाउन बालिएको धुप गोठमा सल्केर पर्सामा आगलागी भएको छ । आगोले त्यहाँ बाँधिएका ८ वटा वस्तुभाउ जलेका छन् ।

जिल्लाको पोखरीया नगरपालिका–१०, शिवबर्वाका रामपृत राउत कुर्मीको खरले छाएको फुसको गोठमा आगलागी हुँदा २ वटा भैंसीको पाडी, १ भैंसी, ३ वटा खसी तथा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । आगोमा जलेर अन्य आधा दर्जन वस्तुभाउ घाइते भए पनि मानवीय क्षति भने नभएको बताइएको छ ।

प्रहरीका अनुसार, आगलागीबाट करिब तीन लाख ५० हजार क्षति भएको छ ।

यसैबीच, पर्साबाटै लागूऔषधसहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१५ का ३७ वर्षीय इन्द्रकुमार मानन्धरलाई प्रहरी चौकी गण्डक पर्साबाट खटिएको प्रहरी टोलीले गण्डकस्थित सडकबाट गएराति नियन्त्रणमा लिएको हो ।

नाईट्रोभेट ट्याब्लेट ४५० सहित पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment