Comments Add Comment

‘मिसन मंगल’ बन्यो २ सय करोड कमाउने अक्षयको पहिलो फिल्म

बलिउड नायक अक्षय कुमारले अहिले जुन चलचित्रमा काम गरेपनि त्यो हिट भैरहेको छ । यसैले पनि होला, अक्षयले आउँदो बर्षका सबै मुख्य बिदाहरु बुक गरिसकेका छन् । तीन खानले बुक गर्दै आएका मुख्य बिदाहरु अब अक्षयको पोल्टामा गएको छ । अक्षय कुमार अहिले बलिउडका तीन खानलाई नै चुनौती दिइरहेका छन् ।

अक्षयले काम गरेका पछिल्ला सबै चलचित्र हिट भएपनि, उनले २ सय करोडको आँकडा भने अहिलेसम्म छुन सकेका थिएनन् । तर, उनको हातमा २ सय करोड कमाउने पहिलो चलचित्र परेको छ । अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘मिसन मंगल’ले २ सय करोडको आँकडा छोएको छ ।

रिलिज भएको चौथो सातामा चलचित्रले २ सय करोडको आँकडा छोएको हो । चलचित्रले हालसम्म २००.१६ करोडको आँकडा छोएको हो । भारतको एक बैज्ञानिकको मंगल ग्रहको योजनाको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा विद्या बालन, तापसी पन्नु लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment