Comments Add Comment

कसरी बुझ्ने धोकेबाज पार्टनरको मनोदसा ?

कसैसँग सम्बन्ध गाँस्दा हामी जुगौंसम्म कायम रहोस् भन्ने कामना गर्छौं । खासगरी जीवनसाथीको सन्दर्भमा । आफुले श्रीमती बनाएर भित्र्याएका महिला होस् वा श्रीमान् स्विकारेका पुरुष हुन्, अजन्म साथ दिने वाचा गर्छौं । यो जुनी मात्र होइन, अर्को जुनीमा पनि एकअर्काको साथ रहोस् भन्ने आकंक्षा राख्छौं ।

जब हामी कसैसँग दाम्पत्य सम्बन्ध गाँस्न पुग्छौं, जीवनभर एकअर्काको माया र भरोसामा बाँच्न पाइयोस् भन्ने चाहन्छौं । हुनपनि माया र भरोसामै दाम्पत्य जीवन टिकेको हुन्छ । एकअर्काप्रति अघात प्रेम र दरिलो भरोसा नै दाम्पत्य सम्बन्धको कडी हो ।

कसैलाई श्रीमान् वा श्रीमतीको रुपमा स्विकार्नु र अंगाल्नु सामान्य कुरा पनि होइन । किनभने विवाह भनेको एकपटक मात्र गरिन्छ भन्ने मान्यता छ । दूर्भाग्यवस् कतिपयको वैवाहिक सम्बन्ध दिगो रहँदैन । जीवनभर नछुट्ने वाचा गर्दै जोडिएका कतिपय सम्बन्धमा फाटो आउँछ । उनीहरु एकसाथ बस्नै नसक्ने हुन्छन् । र, सधैका लागि अलग हुन्छन् ।

जीवनभर कसैसँग यसरी बस्न सकिदैन कि, जहाँ गुनासा, अभाव, मतभेद, कलह, असन्तोष, आशंका हुन्छ । प्रेम, भरोसा, सरसहयोग आदिको आडमा मात्र जीवनभर कसैसँग एकसाथ जीवन साट्न सकिन्छ । त्यसैले जोसँग मन मिल्दैन, उनीसँग जीवनभर एकसाथ बस्नु यातना भोग्नु सरह हुन्छ । यस्तो अवस्थामा सम्बन्ध विच्छेद गर्नु नै उत्तम हुन्छ ।

यद्यपि सम्बन्ध विच्छेद गर्नु त्यती सहज निर्णय होइन । जीवनको एउटा मोडमा आएर सम्बन्धलाई सधैका लागि बिट मार्नु भनेको सानोतिनो दुर्घटना सामना गर्नुपनि हो । सम्बन्ध विच्छेद गरिरहँदा त्यसले आफुलाई पार्ने मनोवैज्ञानिक असर त छँदैछ, छोराछोरी, परिवार, आफन्त र इष्टमित्रलाई त्यसले पार्ने असर अरु भयानक छ । त्यसैले सम्बन्ध विच्छेद भन्न जति सजिलो छ, गर्न उत्ति सहज छैन । सम्बन्ध विच्छेदपछि अर्को घरजाम गर्न पनि त्यती सहज छैन । त्यसैले कसैलाई जीवनसाथीको रुपमा अंगाल्दा हामी जीवनभरका लागि भन्ने सोच्छौं ।

हो पनि, विवाह गरेर कसैलाई आफ्नो बनाइन्छ भने जीवनभर एकअर्काको साथ कायम रहनुपर्छ । तर, सधै हामीले सोचेजस्तो हुँदैन । कतिपय जीवनसाथी धोकेबाज निस्कन सक्छन् । उनीहरुले आफ्नो कुरा लुकाउने, छलकपट गर्न सक्छन् । त्यसैले यस्ता जीवनसाथीसँग सर्तक हुनुपर्छ ।

केही यस्ता संकेत छन्, जसले आफ्ना जीवनसाथीको मनोदसा बुझ्न सकिन्छ । आफ्नो जीवनसाथीको मनस्थिती गडबड छ वा उनको व्यवहार शकास्पद छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।

यदि आफ्ना पार्टनर बोलचाल गर्न त्यती रुची राखिरहेका छैनन्, अरु बेला जस्तो खुलेर बोल्ने, घर-व्यवहारको कुरा गर्ने, रमाउने गर्दैनन् भने उनमा केही गडबड छ भनेर बुझ्न सकिन्छ ।

सामन्य अवस्थामा भन्दा फरक व्यवहार देखाउन थाले भने उनीमाथि शंका गर्नुपर्ने हुन्छ । जस्तो कि, नियमित समयमा घर नआउने, घरको खानामा रुची नराख्ने, घर-परिवारसँग हेलमेल नहुने ।

अहिले सामाजिक सञ्जालले पनि दम्पतीबीच फाटो ल्याउने गर्छ । किनभने विवाहेत्तर सम्बन्धको पछाडि सामाजिक सञ्जालको दुरुपयोग व्यापक रुपमा हुँदै आएको पाइन्छ । त्यसैले पार्टनर सामाजिक सञ्जालमै बढी मग्न भइरहे, पासवर्ड लुकाउने गरे उनको नियतमाथि शंका  गर्न सकिन्छ ।

यदि तपाईंको बारेमा पार्टनरले चासो राखिरहेका छैनन् । तपाईंको खुसीमा रमाउन र दुःखमा साथ दिन तयार छैनन् भने पनि पार्टनरको नियत गडबड छ भनेर बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment