Comments Add Comment

कैलालीमा मेयरको कार्यकक्षमा आगजनी

२९ भदौ, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईको कार्यकक्षमा आगजनी भएको छ ।

आगजनीबाट मेयरको कार्यकक्षमा रहेका कुर्ची, टेबल, राष्ट्रिय झण्डा लगायतमा समानमा क्षति पुगेको प्रहरीले जनाएको छ । कार्यकक्षमा रहेका अन्य कागजातमा भने कुनै क्षति भएको छैन । मेयरको कार्यकक्ष बाहेक अन्य कोठामा त्यस्तो कुनै शंकास्पद कार्य नभएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले घटनास्थलमा गएर हेर्दा कसैले आगजनी नै गरेको हो भन्न नसकिने बताए । मेयरको कार्यकक्षमै रहेको स्टेपलाइजर सर्ट भएर आगो लागेको हुन सक्ने बताए । यद्यपी आगजनी के कति कारणले भएको हो त्यसको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment