+
+
Shares

टोनी कक्करले काठमाण्डौलाई झुमाउने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३० गते १३:०१

बलिउड गायक टोनी कक्कर नेपाल आउने भएका छन् । ‘कोका कोला तु, धिमे धिमे, मिले तो हम, ओ हमसफर’ लगायतका गीत गाएर दर्शकको मन जितेका टोनी असोज २ गते नेपाल आउन लागेका हुन् । सी एन आई इभेन्ट्सको आयोजनामा हुन लागेको कार्यक्रममा नेपाली दर्शकलाई उनले झुमाउने छन् ।

पछिल्ला बर्षहरुमा भारतका चर्चित गायक–गायिकादेखि नायक–नायिका नेपाल आउने क्रम बढेको छ । टोनीले ठमेलको ‘क्लब फहरेन्टहाइट’मा आफ्नो प्रस्तुति दिने आयोजकले बताएको छ । उनले, एक भिडियो सन्देश सार्वजनिक गर्दै ‘भिजिट नेपाल २०२०’को अवसरमा हुन लागेको कार्यक्रममा सहभागी हुन आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेका छन् । कार्यक्रम बेलुकी ८ बजेबाट सुरु भई बिहान ४ बजेसम्म चल्ने बताइएको छ ।

केही हप्ता अगाडि मात्र भारतीय गायिका नेहा कक्कर नेपाल आएकी थिइन् । यस्तै, केही दिन अगाडि मात्र बलिउड नायिका सन्नी लियोनी नेपाल आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?