Comments Add Comment

बाराबाट गैरकानूनी क्रियाकलापमा संलग्न ५ जना पक्राउ

३० भदौ, वीरगञ्ज । बाराबाट प्रहरीले गैरकानूनी क्रियाकलापमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको सुवर्ण गाउँपालिका-५ बस्ने १८ वर्षीय नवेश कुमार यादव र २४ वर्षीय मजिद मिया धोबीलाई पक्राउ गरेको हो ।

नेपाल भारत सिमाना सनफुलवा नजिकै सडकबाट पक्राउ परेका उनीहरुको साथबाट प्रतिबन्धित औषधि बरामद गरेको थियो । ना.२९ प.८७५८ नं.को मोटरसाईकलमा भारतबाट नेपाल ल्याउन प्रतिबन्धित विभिन्न औषधीहरु झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कवहीगोठ बाराले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग कार्यालय पर्सा वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरि कुटपीट मुद्धामा दोषी ठहर भई फरार तीन जना अभियुक्त पक्राउ परेका छन् । महागढीमाई नगरपालिका-८ मझरिया बस्ने सुईट प्रसाद यादव, अकलु प्रसाद यादव र भुटन प्रसाद यादव पक्राउ परेका हुन् ।

तत्कालिन पुनरावेदन अदालत हेटौंडाको वि.स. २०६७ पुष १२ गतेको फैसला आदेशले कुटपिट मुद्दामा उनीहरुलाई जनही १ महिना १५ दिन कैद र रु.९ सय ७५ रुपैयाँ जरिवाना ठहर गरेको थियो । उनीहरु त्यसबेला देखि नै फरार थिए ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा सोमबार फेला पारेको थियो । उनीहरुलाई बारा जिल्ला अदालतको आदेशले तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय बिरगंजमा पठाईएको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment