Comments Add Comment

शिवम् सिमेन्टद्वारा विद्यालयलाई कम्प्युटर

३० भदौ, हेटौंडा । हेटौंडामा रहेको शिवम् सिमेन्ट लिमिटेडले आधारभूत तहका विद्यार्थिलाई प्रविधिमा दक्ष बनाउने उद्देश्यले सोमबार कम्प्युटर हस्तान्तरण गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१७ लक्ष्मीपुरमा रहेको लक्ष्मी आधारभुत विद्यालयका विद्यार्थिका लागि उद्योगले ४ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको उद्योगका सहायक प्रबन्धक अच्युत पराजुलीले बताए ।

उद्योगले सामाजिक क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने क्रममा गुणस्तरीय शिक्षाका लागि कम्प्यूटर र प्रिन्टर हस्तान्तरण गरेको उनले बताए ।

उद्योगका कार्यकारी सञ्चालक रधुनन्द मारुले उपमहानगरको नमूना विद्यालयको रुपमा स्थापित होस भन्ने अपेक्षासहित शैक्षिक सामग्री हस्तान्तरण गरेको बताए ।

१ सय ७० जना विद्यार्थि अध्ययनरत रहेको विद्यालयमा कक्षा २ बाट कम्प्युटर शिक्षालाई अनिवार्य गरीएको बिद्यालयका प्रधानाध्यापक यदुवेद सिग्देलले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment