Comments Add Comment

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस शेयर बाँड्ने

३० भदौ, काठमाडौं । नागरिक लगानी कोषले २२ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कोषको सोमबार राजधानीमा सम्पन्न बैठकले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव १६ प्रतिशत नगद लाभांस पारित गरेको हो ।

आर्थिक वर्ष २०७४/७५ मा कोषको करपछिको खुद मुनाफा रु. ३५ करोड ९२ लाख र आर्थिक वर्ष २०७३/७४ को बाँडफाँड गर्न बाँकी मुनाफा रु. १ करोड ८१ लाख रहेको थियो । यसअनुसार कोषमा बाँडफाँड योग्य रकम रु. ३७ करोड ७३ लाख रहेको कार्यक्रममा जानकारी दिइयो । उक्त रकमबाट नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४० र ४१ मा भएको व्यवस्था अनुसार रु.७ करोड १८ लाख ४६ हजार साधारण जगेडामा राखि बाँकी रकम मध्येबाट २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत भएको कोषले जानकारी दिएको छ ।

कोषका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईका अनुसार कोषबाट सञ्चालित विभिन्न बचत कार्यक्रमहरुबाट २०७४ असार मसान्तको तुलनामा २०७५ असार मसान्त सम्ममा १४.९२ प्रतिशतले वृद्धि भएको थियो । कोषमा रु.१ खर्ब ११ अर्ब ७३ करोड ५१ लाख खुद कोष रकम संकलन भएकोे छ । कोषका विभिन्न कार्यक्रममा सहभागी हुनेलाई कार्यक्रमको प्रकृति अनुसार ६ देखि ८ प्रतिशतसम्म प्रतिफल प्रदान गरिदै आएको छ ।

कोषले मुद्दती निक्षेप, सरकारी ऋणपत्र, बैंक तथा वित्तीय संस्थाहरुको डिवेन्चर तथा वण्ड, संगठीत संस्थाको धितोपत्र, समयकालीन कर्जा र सहभागी सापटी तथा आवास कर्जामा समेत लगानी गर्ने व्यवस्था रहेको छ । कोषको शेयर पुँजी, जगेडा रकम तथा विभिन्न कार्यक्रमहरुबाट संकलित रकम आर्थिक वर्ष २०७३/७४ मा रु.९१ अर्ब ६७ करोड ३६ लाख लगानी भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा कुल लगानी १६.६९ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ६ अर्ब ९७ करोड ६२ लाख पुगेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment