+

च्याम्पियन्स लिगमा नेयमारको प्रतिबन्ध घटाइयो

२०७६ भदौ  ३१ गते १७:१२ २०७६ भदौ ३१ गते १७:१२
च्याम्पियन्स लिगमा नेयमारको प्रतिबन्ध घटाइयो

३१ भदौ, काठमाडौं । पेरिस सेन्ट जर्मेनका फुटबल खेलाडी नेयमारमाथि च्याम्पियन्स लिगमा लागेको तीन खेलको प्रतिबन्ध घटाइएको छ । उनले दुई खेल मात्र गुमाउने भएका छन् ।

६ मार्चमा म्यानचेष्टर युनाइटेडविरुद्ध खेल्दा म्याच अफिसियलमाथि दुव्यर्वहार गरेको आरोपमा उनीमाथि तीन खेलको प्रतिबन्ध लागेको थियो । यसविरुद्ध दिएको निवेदन यूईएफएले खारेज गरेपछि पीएसजी कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स गएको थियो । अदालतले नेयमारको प्रतिबन्ध दुई खेलमा झारेको छ ।

अब उनले रियल मड्रिड र गालाटासरेविरुद्धको खेल गुमाउनेछन् भने क्लब बर्गविरुद्ध २२ अक्टोबरमा खेल्न सक्नेछन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय