+
+

प्रभु साहसहित चार पदाधिकारीलाई कारबाही गर्न १९ केन्द्रीय सदस्यको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३१ गते १८:२६

३१ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका १९ केन्द्रीय सदस्यले प्रदेश २ का अध्यक्ष प्रभुसाहित चारै पदाधिकारीमाथि कारबाही गर्न माग गरेका छन् । केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी, महेन्द्र पासवानलगायतले मंगलबार पार्टी महासचिव विष्णु पौडेललाई भेटेर ज्ञापन पत्र समेत बुझाएका छन् ।

पार्टीका प्रदेश २ का अध्यक्ष प्रभु शाह, सचिव सुमन प्याकुरेल, इन्चार्ज सत्यनारायण मण्डल र सहइन्चार्ज विश्वनाथ साहमाथि कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

‘उहाँहरुले पार्टी बनाउने भन्दा पनि पद दुरुपयोग गरी गुट मात्र खडा गर्ने काम गर्नु भएको छ । विधान, नियमावली, निर्देशिका, सचिवालय निर्णय र परिपत्र सबै उल्लंघन गर्नुभएको छ’, केन्द्रीय सदस्य पासवानले भने, ‘उहाँहरुलाई पदमुक्त गरेर पार्टी नयाँ ढंगले अगाडि बढ्नुपर्छ भन्ने हाम्रो माग हो ।’

१९ केन्द्रीय सदस्यले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई विधान विपरीत स्थायी समिति सदस्य बनाइएको भन्दै उनलाई कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?