Comments Add Comment

हेलिकप्टर ‘आकस्मिक’ होइन ‘सुरक्षित’ अवतरण : आयोन

३१ भदौ, काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन) ले लुक्लाबाट काठमाडौं आउने क्रममा रहेका हेलिकप्टरहरुको ‘आकस्मिक’ नभई ‘सुरक्षित’ अवतरण भएको बताएको छ । लुक्लाबाट काठमाडौं आउने क्रममा मौसम प्रतिकूल भएपछि विभिन्न स्थानमा सुरक्षित अवतरण गरी हेलिकप्टर राखिएको आयोनको भनाइ छ ।

उडान तथा अवतरण सम्बन्धित सुरक्षित सञ्चालनकै प्रक्रिया अनुसार यसरी अवतरण भएको आयोनका प्रवक्ता योगराज कँडेल (शर्मा) बताउँछन् । उनले लेखेका छन्, ‘आज भएका हेलिकप्टरको उडान तथा अवतरण आकस्मिक नभई सुरक्षित उडान तथा अवतरण भएको र यसलाई हेलिकप्टरको प्रक्रियागत सामान्य उडान तथा अवतरणका रुपमा लिइदिनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्न चाहन्छ ।’

यो पनि पढ्नुहोस पर्यटक सवार ७ हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण

यात्रु र हेलिकप्टरको सुरक्षाका लागि सुरक्षित स्थानमा अवतरण गरी अनुकुल मौसम कुर्नु परेको आयोनको भनाइ छ । लुक्लामा ३ सय भन्दा बढी पर्यटक अपलत्र अवस्थामा थिए । उनीहरुको उद्दारका लागि पुगेका हेलिकप्टर काठमाडौं आउने क्रममा आकास बादलले छोपेपछि विभिन्न स्थानमा अवतरण गरी बसेका छन् । १० वटा हेलिकप्टर उडेकोमा दुई वटा हेलिकप्टर मात्र काठमाडौं आइपुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment