Comments Add Comment

पहिरोले घर पुरिँदा बालकको मृत्यु

१ असोज, काभ्रे । जिल्लाको फेदीबजारमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ ।

अविरल वर्षासँगै बुधबार बिहान करिव ६ बजेतिर आएको पहिरोले पाँचखाल नगरपालिका-४, फेदीबजारका रोजन तामाङको घर पुरिएको प्रहरीले जनाएको छ ।

घटनामा उनका चार वर्षीय छोरा दीपेशको मृत्यु भएको छ ।

पहिरोको समयमा परिवारका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु भने सकुसल रहेकाे प्रहरी भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment