Comments Add Comment

सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण नगरे समाजवादी युवा संघले संघर्ष गर्ने

१ असोज, वीरगञ्ज । सत्तारुढ समाजवादी पार्टी निकट समाजवादी युवा संघले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

संघको पर्सा जिल्ला समन्वय समितिले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । संघका केन्द्रिय सह–इन्चार्ज फिरोज मन्सुरको नेतृत्वमा गएको नेता कार्यकर्ताहरुको टोलीले प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा भ्रष्टाचार, महंगी, बेथिति बढ्नुको साथै स्वदेशी र विदेशी कम्पनी राजश्व नतिरी उम्कन खोजेको भन्दै ध्यानाकर्षण गराइएको छ । एनसेल लगायतका कम्पनीले कर नतिरेर नेपाललाई आर्थिक रुपमा कमजोर पार्ने षडयन्त्र भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

केन्द्रिय सचिव सरोज यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई जनताले शंकाको दृष्टिकोणले हेर्नुपर्ने अवस्था सृजना भएको, देशको ऋण १० खर्ब नाघेको, व्यापार घाटा आकाशिएकोमा चिन्ता व्यक्त गरिएको छ ।

सरकारले कुरीति, बेथिति नियन्त्रण नगरेमा समाजवादी युवा संघले संघर्षका कार्यक्रम ल्याउने चेतावनी उनीहरुले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment