Comments Add Comment

एथ्लेटिको मड्रिडलाई रोनाल्डोको डर !

१ असोज, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा आज राति आठ खेल हुदैछन् ।

च्याम्पियन्स लिगअन्तर्गत समूह ‘डी’ मा रहेको स्पनिस क्बल एथ्लेटिको मड्रिडले इटालिन क्लब युभेन्टससँग प्रतिस्पर्धा गर्दैछ । आफ्नो पहिलो खेलमा नै युभेन्टसको सामना गर्नु परेको एथ्लेटिको मड्रिडलाई विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोको डर छ ।

आफ्नै मुख्य फरवार्ड एन्टोनी ग्रिजम्यान बार्सिलोना गएपछि यो पटकको च्याम्पियन्स लिगमा एथ्लेटिको अझ दबाबमा छ । तर आफ्नै घरेलु मैदानमा नेपाली समयअनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा एथ्लेटिको मड्रिड युभेन्टसविरुद्ध जित हात पार्ने दाउँमा छ ।

यता, युभेन्टस पनि एथ्लेटिकोलाई पराजित गर्दै शुखद सुरुवात गर्ने दाउँमा रहेको छ । त्यसो त यो पटक युभेन्टसलाई उच्च लयमा रहेको सन्तुलित टिमको रुपमा हेरिएको छ ।

त्यस्तै, यहि समूह अन्तर्गत लिभरकुसेन र लोकोमोटिभ मोस्कभाबीच पनि प्रतिस्पर्धा हुदैछ ।

च्याम्पियन्स लिगअन्तर्गत नै आजै राति समूह ‘ए’ को फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनिस क्लब रियल मड्रिडबीच प्रतिस्पर्धा हुदैछ । यसै समूहअन्तर्गत क्लब बर्ग र गलतासारेबीच पनि प्रतिस्पर्धा हुदैछ ।

समूह ‘बी’ मा रहेको जर्मन क्लब बायर्न म्युनिखले क्रेभेना भेज्दासँग प्रतिस्पर्धा गर्दा यहि समूहमा रहेको इंग्लिस क्लब टोटनह्यामले ओलम्पियाकोससँग प्रतिस्पर्धा गर्दैछ ।

च्याम्पियन्स लिगमा आज समूह ‘सी’ मा रहेको इंग्लिस क्लब म्यान्चेस्टर सिटीले शाख्तर डोनेक्सटसँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा डाएनामो र एटलान्टाबीच पनि खेल हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment