Comments Add Comment

ग्लोबल आइर्एएमईको डेबिट/क्रेडिट कार्डबाट पीओएस कारोबार सुचारु

१ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल पीओएस मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ ।
यससँगै बैंकको डेबिट, क्रेडिट तथा पि्रपेड कार्डवाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल मेशिनहरुबाट कारोबार गर्न सक्नु हुनेछ ।

यस बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ ।

यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी रहेको बैंकले जनाएको छ । बैंकको कार्ड सम्बन्धी अन्य सेवाहरु पनि यथाशीघ्र सुचारु गराउन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकका १४८ वटाएटीएम र १२० प्वाइन्ट अफ सेल मेशिनहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment