Comments Add Comment

धनगढी उपमहानगरपालिका-८ को वडा कार्यालयमा आगजनी

२ असोज, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडानम्बर ८ को कार्यालयमा आगजनी भएको छ । गएराति करिब १० बजेतिर अज्ञात समूहले आगजनी गरेको हो ।

झ्यालको सिसा फुटाएर कोठाभित्र आगजनी गरेको पाइएको वडा अध्यक्ष नारायण बरालले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आगो कसले र किन लगायो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment