Comments Add Comment

ओबामासँग काम गरेका ब्रायनलाई ट्रम्पले बनाए सुरक्षा सल्लाहकार

२ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट ओ ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गरेर यसको जानकारी दिएका हुन् ।

विदेश विभागको प्रतिनिधिको रुपमा काम गर्दै आएका ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्न पाउँदा आफूलाई खुसी लागेको ट्रम्पले बताएका छन् । ब्रायनसँग अघिल्ला राष्ट्रपतिहरु जर्ज डब्लु बुश र बराक ओबामासँग पनि काम गरेको अनुभव छ ।

यसअघिका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले गत हप्ता राजीनामा दिएका थिए । ट्रम्पले राजीनामा दिन भनेकाले नै उनले पद त्यागेको बताइएको छ । यद्यपि बोल्टनले भने यसबारे केही बताएका छैनन् ।

रोबर्ट ब्रायन राष्ट्रपति ट्रम्पको यो कार्यकालमा काम गर्ने चौथो राष्ट्रिय सुरक्षा सल्लाहकार हुन् । ब्रायनअघि माइकल फि्लन, एच आर म्याकमास्टर र जोन बोल्टनले राष्ट्रिय सुरक्षा सल्लाहकार भएर ट्रम्पसँग काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment