Comments Add Comment

पुरुषको सौन्दर्य-चेत : किन महिला भन्दा पछि ? 

पुरुषले गरगहना लगाउँदैनन् । न टिका लगाउँछन्, न नेल पोलिस । चुरा-पोते लगाउने कुरै भएन । लिपस्टिक किन पो लगाउथे । यी सबै महिलाका सौन्दर्य प्रसाधन हुन् । यद्यपि पुरुषहरुले आफ्नो सौन्दर्यका लागि जे-जति गर्नुपर्ने हो, त्यती गर्दैनन् । कपालको ख्याल राख्ने कुरा गरौं वा नङको सौन्दर्यको । छालाको चमकको कुरा गरौं वा ओंठको ।

महिलाहरु अनुहारको सौन्दर्य कायम राख्न अनेकन क्रिम लगाउँछन् । कपाललाई मुलायम बनाउन स्याम्पुको छनौटमा ध्यान दिन्छन् । यद्यपि पुरुषहरु यी सबै कुरामा बेवर्पाह हुन्छन् ।

भन्नलाई त महिला-पुरुष बराबरी भनिन्छ, तर स्व्ाभावका कारण पनि महिला र पुरुष फरक हुन्छन् । महिला र पुरुषको शारीरिक बनावट मात्र फरक नभएर उनीहरुको सोचाइ, धारणा र कुनै कुरालाई हेर्ने दृष्टिकोण पनि फरक हुन्छ ।

त्यती मात्र नभएर महिला र पुरुषको हरेक क्रियाकलाप पनि फरक हुन्छ । महिला जति आफ्नो व्यक्तित्व विकासको बारेमा सजग हुन्छिन्, पुरुष त्यति हुँदैनन् । पुरुषहरु आफ्नो व्यक्तित्व विकासमा ध्यान दिँदैनन् भन्ने हाम्रो उद्देश्य होइन, तर उनीहरुले त्यस्ता धेरै गल्तिहरु गर्छन्, जसले उनीहरुको आकर्षणलाई नराम्रो बनाइदिन्छ । पुरुषहरुका धेरै त्यस्ता बानीहरु छन्, जसले उनीहरुको व्यक्तित्वमा पनि असर पुर्‍याउँछ ।

मोइश्चराइजर नलगाउनु

यदि तपाई क्लीजिङ, टोनिङ र मोइश्चराइजर महिलाहरुको मात्र ब्यूटी रुटीन हो भन्ने सोच्नु हुन्छ भने तपाईं गलत सोच्दै हुनुहुन्छ । पुरुषहरुको छालालाई पनि हाइड्रेसन र नरिसमेन्टको त्यति नै आवश्यक हुन्छ, जति महिलाहरुलाई हुन्छ । मोइश्चराइजरले तपाईंको छालालाई केवल सुख्खापनबाट छुट्कारा प्रदान गर्ने मात्र नभइ छालालाई मुलायक र हाइड्रेटेड पनि राख्छ ।

खुट्टालाई वेवास्ता गर्नु

पुरुषले सबैभन्दा बढि वेवास्ता गर्ने भनेको खुट्टाको औंलाको सरसफाई हो । दिनभरी मोजा लगाउने भएकोले औंलाको बीचमा पसिना रहन्छ, जसको कारण खुट्टा गन्हाउने र फंगल इन्फेक्सनको सम्भावना पनि हुन्छ । त्यसैले खुट्टाको औंलाको बीचमा डस्टिङ पाउडर लगानुहोस् र दिनहुँ मोजा परिर्वतन गर्नुपर्छ ।

अनुहारमा साबुनको प्रयोग

प्रायः पुरुषले अनुहारमा साबुनको प्रयोग गर्छन्, जुन गलत हो । महिलाहरु कहिल्यै आफ्नो अनुहारमा साबुनको प्रयोग गर्दैनन् । साबुनको प्रयोग गर्नु भन्दा सावर जेल अथवा फेश वाशको प्रयोग गर्नु राम्रो हुन्छ ।

बढेेको नङ नकाट्नु 

हातको होस् अथवा खुट्टा, यी दुबैको नङ ठुलो राख्नु स्वास्थको हिसाबले नराम्रो मानिन्छ । धेरै पुरुषहरु सौखका लागि ठुलो नङ राख्ने गर्छन् । पुरुषको नङ काटेको र सफा हुनाले उनको व्यक्तित्वमा राम्रो प्रभाव पर्छ ।

डियोको प्रयोग

यदि तपाईंको डियो प्रयोग गर्नु हुन्न भने पनि मानिस तपाईंको नजिक आउन मान्दैनन् र यदि तपाईंले धेरै डियोको प्रयोग गर्नु भयो भने पनि तपाईंबाट मानिस टाढा बस्न मन पराउँछन् । दुुबै स्थितिमा मानिस तपाईंको छेउ पर्न मन पराउँदैनन् । त्यसैले आवश्यकता अनुसार नै स्प्रेको प्रयोग गर्नुहोस् ।

नाकको रौं नकाट्नु

हाइजीन र ग्रुमिङ दुबै दृष्टिकोणले नाक भित्रको रौंलाई छोट्याइरहनु पर्छ । अधिकांश पुरुषहरु उक्त रौंलाई वेवास्ता गर्ने गल्ति गरेको पाइन्छ ।

मुखको दुर्गन्धलाई वास्ता नगर्ने

जुन पुरुषहरुलाई पाचन सम्बन्धि समस्या छ, उनीहरुको मुखबाट दुर्गन्ध आउँछ । त्यसैले सबैभन्दा अनिवार्य के छ भने तपाईंले आफ्नो पाचन प्रकृयालाई दुरुस्त राख्नु पर्छ । सधैं पुदिना अथवा ल्वाङ, अलैंची आदिलाई आफैसंग राख्नु पर्छ ।

आवश्यकता भन्दा बढि जेल लगाउनु

हेयर जेलको प्रयोग केशको स्टाइलिङका लागि गरिन्छ, तर केही पुरुषहरु त्यसलाई केशको तेलको रुपमा प्रयोग गर्छन्, जुन बिल्कुलै सही होइन । अत्यधिक जेलको प्रयोग तपाईंको केशको स्वास्थलाई पनि हानिकारक छ ।

दाह्री-जुँगा नकाट्नु

भनिन्छ, दाह्री र जुँगा पुरुषहरुको शान हो, तर त्यसलाई स्याहार्ने जिम्मा पनि तपाईंकै हो । टि्रमरको सहयोगले दाह्री-जुँगालाई सधैं चिटिक्क बनाउन सकिन्छ । बेला-बेलामा क्लिन सेभ गर्दा तपाईंको लूक्स नै परिवर्तन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment