Comments Add Comment

‘असोज तीन कालो दिन’ भन्दै वीरगञ्जमा पनि विरोध प्रर्दशन

३ असोज, वीरगञ्ज । संविधानको विरोधमा राष्ट्रिय जनता पार्टी, मधेशी जनअधिकार फोरम मधेश र राजवादीहरुले शुक्रबार वीरगञ्जमा प्रदर्शन गरेका छन् । ‘असोज तीन, कालो दिन ‘ भन्दै उनीहरुले विरोध प्रदर्शन गर्दै कोण सभाको आयोजना गरेका हुन् ।

राष्ट्रिय जनता पार्टी (राजपा)ले  वीरगञ्जको रातो बंगलाबाट निकालिएको विरोध र्‍याली नगरको परिक्रमापछि विरोध सभामा परिणत भएको थियो ।  संविधानमा मधेसी माथि विभेद गरिएकोले कालो दिनमा मनाईएको प्रदेशसभा सदस्य रमेश पटेलले बताए । अर्का संविधान सभा सदस्य एवं राजपाका नेता उपेन्द्र महतो मधेसीको रगतमाथि लेखिएको संविधान जारी भएको दिनलाई दिवसको रुपमा मनाउन नसक्ने बताए । राजपा नेपालले बहुदरामाई नगरपालिकामा पनि संविधान दिवसलाई कालो दिनको रुपमा मनाएको छ ।

यो पनि पढ्नुहोस वीरगञ्जमा संविधान दिवस : जिसस संयोजक र मेयरद्वार बहिष्कार

मधेशी जनअधिकार फोरम मधेशले वीरगन्जमा ‘नेपालको संविधान २०७२’ लेखेको कागज जलाएर विरोध जनाएको छ । पार्टीका अध्यक्ष भागयनरायण गुप्ताको नेतृत्वमा वीरगन्जको घण्टाघर नजिकै भेला भएका केहि नेता कार्यकर्ताहरुले जय मधेस र समग्र मधेश स्वायत्त प्रदेशको नारा लगाउँदै संघिय र प्रदेश सरकार विरुद्ध नाराबाजी गरे ।  २०७२ सालमा जारी भएको संविधानको कुनैपनि धाराले मधेसी जनताको अधिकार सुनिश्चित नगरेको संविधान पुर्नलेखन गर्नुपर्ने उनीहरुको माग छ ।

त्यस्तै राष्ट्रिय सरोकार मञ्च नारायणीले संविधान दिवसको अवसरमा विरोध प्रदर्शन गरेको छ । वीरगञ्जको घण्टाघरमा कालो झण्डा लगाई संबिधानको प्रतीक ‘नेपालको संविधान २०७२’ लेखिएको संविधान जलाइएको हो ।

राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलले जनताको बिरोध हुँदा हुँदै ब्यालेट र बुलेटको बलमा संविधान बनाईएको संविधान स्वीकार्य नभएको बताए । सार्वभौमसत्ता जनतामा निहित रहेको उदघोष गर्ने नेताज्यूहरुको कारणले जनताले आफ्नो मनको भावना पोख्न नपाउने संविधानको बहिष्कार गर्दछौ, नारा लेखिएको व्यानर बोकेका थिए ।

०७२ असोज ३ गते संविधान जारी गर्ने दिन वीरगञ्जमा कर्फ्यू लगाइएको थियो । आन्दोलनरत मधेसी दलको आव्हानमा कर्फ्यू तोड्ने क्रममा प्रहरीले चलाएको गोली लागेर पर्साको पाकाहामैनपुरका शत्रुधन पटेलको मृत्यु भएको थियो भने बगहीका मन्सी पटेल र बैरियाविर्ताका विजय यादव घाईते भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment