Comments Add Comment

गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टरको भूकम्प

४ असोज, काठमाडौं । गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान ४ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।

एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ । २०७२ वैशाख १२ गते गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment