Comments Add Comment

‘कबड्डी कबड्डी कबड्डी’को बम्पर व्यापार

शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बम्पर व्यापार गरेको छ । शुक्रबार मात्र यो चलचित्रले १ करोड ४५ लाख माथिको व्यापार गरेको निर्माणपक्षले बताएको छ । शनिबार चलचित्रको व्यापार शुक्रबारको तुलानामा केही माथि हुने पक्का छ ।

शनिबारका लागि देशभरका मल्टिप्लेक्सले शोज समेत बढाएका छन् । चलचित्रले २ दिनमै आफ्नो लगानी सुरक्षित गर्ने देखिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, बिजय बराल, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

यसैविच, शनिबार चलचित्रका मुख्य कलाकार काठमाण्डौका विभिन्न हलमा पुगेका छन् । दर्शकसँग साक्षात्कार गर्न चाबहिलमा अवस्थित गोपिकृष्ण हलमा पुगेका चलचित्रका कलाकारलाई दर्शकले चलचित्र मन परेको प्रतिक्रिया दिए । नायक दयाहाङ राइलाई दर्शकले अब बिहे कहिले हुन्छ भनेर सोधेका थिए । यस्तै, दर्शकले कलाकारसँगै चलचित्रको गीत समेत गाए ।

सिंगल र मल्टिप्लेक्स दुबैमा आक्रामक व्यापार गरिरहेको चलचित्रले नयाँ रेकर्ड बनाउने संभावना देखिएको छ । यसैविच, चलचित्रकी नायिका उपासना सिंह ठकुरीले चलचित्रको यूनिटसँग जन्मदिन मनाएकी छिन् । गोपिकृष्ण हलको परिसरमै निर्माण यूनिटले केक काटेर नायिका ठकुरीको जन्मदिन सेलिव्रेशन गरेको थियो ।

नायिका ठकुरीले जन्मदिनमा यति ठूलो माया पाएको भन्दै खुशी व्यक्त गरिन् । चलचित्रको लाइफ टाइम कलेक्शन भोलीबाट देखिने दर्शकको चापमा भर पर्नेछ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment