+
+
Shares

दशैंमा कहाँ पुग्न कति लाग्छ ? (भाडादरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ५ गते १२:०५

५ असोज, काठमाडौं । आइतबारदेखि दशैंको लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला भएको छ । दशैंमा राजधानीबाट आफ्नो घर फर्किनेहरु बसको टिकट काट्न लाइनमा छन् ।

बुकिङ खुल्नासाथ काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भीड लागेको छ।

एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिरहेको छ । तर, अग्रिम टिकट काट्दा पनि यात्रुले बढी भाडा तिनुपर्ने समस्या निकै चर्किन्छ ।

तोकिएको भाडाभन्दा बढी असुल्न धेरै यातायात व्यवसायीहरु अग्रसर हुने भएकाले यात्रु आफैं पनि भाडाबारे जानकार हुनुपर्छ । नभए काउन्टर बाहिर भेटिने दलालहरुले तपाईंलाई ठग्न सक्छन् भने ब्ल्याकमा टिकट किन्ने चक्करमा लाग्दा ठूलो रकम खर्चनुपर्ने स्थिति आउन सक्छ ।

त्यसैले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान यातायात व्यवस्था विभागले सबैलाई अनुरोध गरेको छ । डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रुवाहक सवारी साधनले तोकिएको भाडादरमा पनि थप २० प्रतिशत बढाएर लिनसक्ने विभागले जनाएको छ ।

अहिले पनि बढी भाडादर असुल्ने क्रम रोकिएको छैन । त्यसैले भाडादरबारे यात्रुहरु पनि जानकार रहनुपर्ने विभागले बताएको छ । यात्रुले आफ्नो ठाउँ पुग्ने भाडा कति हो भनेर जानकारी राख्नुपर्छ । बढी भाडा उठाउन खोज्नेलाई प्रोत्साहित गर्न नहुने विभागले बताएको छ ।

विभागले दशैंका समयमा अनुगमन गर्न योजना बनाएको छ । विभागले आवश्यक्ता अनुसार टोली बनाएर बुकिङ खुलेदेखि दशैंसम्म निरन्तर टिकट काउन्टरदेखि बसपार्कसम्म अनुगमन गर्ने योजना बनाएको हो ।

विभागले गत वर्षहरुमा पनि यस्तो अनुगमन गर्ने गरेको थियो । तर, बढी भाडा लिने, छत र ढोकामा यात्रु राख्ने, कोचेर यात्रु हाल्ने, जथाभावी यात्रु ओसार्ने लगायतका समस्या हल हुने गरेको छैन ।

यो वर्ष भने अनुगमनलाई सशक्त बनाएर बढी भाडा लिने सवारीविरुद्ध कडा बन्ने विभागको योजना छ । यस्तै लामो दूरीका सवारीमा सिटबाहेकमा यात्रु राख्न पनि नदिइने बताएको छ ।

दशैंका लागि उपत्यकाबाट बाहिरिने सवारीसाधनहरुको अनुगमन र यात्रुहरुको समस्या समाधानका लागि उपत्यकाका असोज १० गतेबाट विभिन्न १३ स्थानहरुमा नागरिक सहायता कक्ष स्थापना गर्न लागिएको छ ।  सर्वसाधारण जनताको समस्या सुन्न र समाधान गर्नका लागि यस्तो हेल्प डेक्स सञ्चालन गरिने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा सातदोबाटो, कोटेश्वर, गौशाला, जोरपाटी, नयाँ बसपार्क, स्वयम्भू, कलंकी, नागढुंगा, पुरानो बसपार्क र सुन्धारामा नागरिक सहायता कक्षा स्थापना गरिनेछ ।

सहायता कक्षमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरु रहनेछन् ।

सहायता कक्षका प्रतिनिधिले सर्वसाधारण यात्रीहरुलाई सुरक्षा दिने, तोकिएको भाडादर भन्दा बढी लिए/नलिएको हेर्ने, काउन्टरहरुमा भाडा दरको रेटबोर्ड टाँस्न लगाउने, फर्जी टिकट काट्ने व्यक्ति माथि निगरानी राख्ने, यात्रुका समस्याहरु सुन्ने तथा समाधान गर्ने लगायतका काम गर्ने छ ।

भाडादर हेर्नुस् तलकाे सूचीमाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?