Comments Add Comment

बार्सिलोना जितको हकदार थिएन : भालभर्डे

५ असोज, काठमाडौं । सिजनको सुुरुमा नै दुई हार बार्सिलोना र प्रशिक्षक एर्नेस्टो भालभर्डेका लागि खराब न्यूज रह्यो, जसले टिमको खराब प्रदर्शनलाई लिएर आफ्नो चिन्ता लुकाउन सकेनन् ।

यो बार्सिलोनाको १९९४/९५ पछिकै खराब सुरुवात हो । यो हारसँगै साविकको विजेता बार्सिलोनाको ला लिगामा ५ खेलबाट जम्मा ७ अंक भएको छ ।

‘हामीले घर बाहिर राम्रो नजिता ल्याउन सकेका छैनौं, यसले म चिन्तित छु’, भालभर्डेले भनेका छन् ।

चार अवे खेलमा खराब प्रदर्शन गर्नुले टिममा सबथोक ठीक छैन भन्ने प्रष्ट भएको भन्दै उनले भने, ‘खेलमा हामी हावी भएका छौं तर गोलमा बदल्न सकेका छैनौं ।’

जित हार भइरहने र जितको हकदार हुँदाहुँदै पनि हार हुनसक्ने भन्दै उनले यो पटक त्यस्तो नभएको बताए । ‘बार्सिलोना जितको हकदार नै थिएन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment