+
+
Shares

‘इन्साअल्ला’ नबनेपनि टुटेन आलिया र संजयको सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ५ गते १६:४२

चलचित्र ‘इन्साअल्ला’को निर्माणको काम अन्तिम समयमा आएर स्थगित गरेका निर्देशक संजयलिला भन्साली अहिले नयाँ चलचित्रको कथा लेखनमा व्यस्त छन् । उनी, यसपटक एक महिलाको बायोपिकमा काम गरिरहेका छन् ।

भन्साली अब नयाँ चलचित्र ‘गाङ्गुबाई कोठीवाली’मा काम गरिरहेकी छिन् । यो चलचित्र लेखक एस हुसेनको पुस्तक ‘माफिया क्विन अफ मुम्बई’मा आधारित रहेर बन्नेछ । ‘इन्साअल्ला’का लागि मिहिनेत गरेका भन्सालीले अब यो चलचित्र नबन्ने भएपछि नयाँ कथामा काम गर्न थालेका हुन् ।

यो चलचित्रका लागि संजयले नायिका आलिया भट्टलाई फाइनल गरेको भारतीय मिडियामा उल्लेख छ । आलियाले चलचित्र ‘इन्साअल्ला’मा काम गर्ने पक्का भएको थियो । तर, यो चलचित्र नबन्ने भएपछि संजयले आलियालाई नयाँ चलचित्रमा फाइनल गरेका छन् ।

भन्साली केही दिनमा नै यो प्रोजेक्टको आधिकारिक घोषणा गर्ने तयारीमा छन् । गांगुबाई कम उमेरका यूवतीहरुलाई देह व्यापारमा काम गर्नका लागि जर्बजस्ती गर्ने गर्थिन् । उनी, मुम्बइको रेड लाइट एरिया मानिने अधिकांश ठाउँमा निकै नै चर्चित थिइन् । उनको पोष्टर मुम्बइको कामाथिपुरामा समेत लगाउने गरिन्थ्यो ।

आलियाले पनि यो भूमिकाका लागि आफूलाई तयार गरिरहेकी छिन् । आउँदो बर्षको सुरुवातबाट यो चलचित्रको छायांकन सुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?