+

लिभरपुलको विजय यात्रा जारी, चेल्सी स्तब्ध

२०७६ असोज  ६ गते ७:३२ २०७६ असोज ६ गते ७:३२
लिभरपुलको विजय यात्रा जारी, चेल्सी स्तब्ध

६ असोज, काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले उसैको मैदानमा चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा एलेक्जेन्डर अर्नोल्ड र रोबेर्टो फिर्मिन्होले गोल गरे । यता चेल्सीका लागि एन्टोनी कोन्टेले गोल फर्काए ।

अर्नोल्डले खेलको १४ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । फिर्मिन्होले ३० औं मिनेटमा गोल गर्दै लिभरपुललाई २-० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा नै लिभरपुलसँग २-० गोलले पछि परेको चेल्सीले दोस्रो हाफमा एक गोल गर्न सफल भयो । तर चेल्सी हारबाट जोगिन भने सकेन ।

खेलको ७१ औ मिनेटमा कोन्टेले गोल गर्दै चेल्सीलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । तर बाँकी समयमा गोल गर्न नसक्दा हार व्यहोरेको हो ।

जितपछि लिभरपुलको ६ खेलबाट १८ अंक भएको छ । लिभरपुल अंकतालिकामा शीर्ष स्थानमा छ । यस्तै ६ खेलबाट ८ अंक बनाएको चेल्सी ११ औँ स्थानमा छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय