+
+
WC Series
Nepal Women
52/3 (7.5)
VS
७३ बलमा ८९ रन आवश्यक
Netherlands Women
140/5 (20)
Shares

पाँचथरमा बिक्न थाल्यो रातोमाटो, मूल्य प्रतिबोरा ८० रुपैयाँसम्म

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ६ गते १२:०४

६ असोज, पाँचथर । दसैँ–तिहारमा घरपोत गर्न सिगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि पाँचथरको फिदिम नगरपालिका–४ चारखम्बेका स्थानीय उत्साहित बनेका छन् ।

फिदिमसँगै छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापासम्म रातो माटोको माग छ । माग बढेपछि फिदिममा प्रतिबोरा रु ६० देखि ८० सम्ममा रातो माटो बिक्री हुन थालेको स्थानीय बताउँछन् ।

फिदिमको चारखम्बेका भीम सिगु यो क्षेत्रबाट वार्षिक रु पाँच लाखसम्मको माटो बिक्री हुँदै आएको बताउँछन् । उनले भने, ‘माटो दसैँ र तिहारमा बढी बिक्री हुने गरेको छ, माटो बिक्री गरेरै आफूले रु तीन लाख वार्षिक आम्दानी गर्ने गरेको छु ।’

यस ठाउँका अन्य स्थानीयले पनि यही रातो माटो बिक्री गरेर दशैँ तिहारको लागि खर्च जुटाउने गरेको स्थानीय कृष्ण खवासले बताए । सामान लिएर फिदिम आउने तर फर्कंदा रित्तो हुने भएपछि ट्र्याक्टर चालकले गाउँमै लगेर पनि बिक्री गर्ने गरेको उनले बताए ।

यस ठाउँका रातो माटो दशैँ तिहारमा बढी बिक्री हुने गरेको छ, अन्य समयमा पनि फाटफुट बिक्री हुने गरेको स्थानीय अर्जुन खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?