+
+

प्रतिबन्धको नजिक पुगे कोहली

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ६ गते १९:५६

६ असोज, काठमाडौं । भारतीय कप्तान विराट कोहलीले प्रतिबन्धको नजिक पुगेका छन् ।

तेस्रो टी–२० म्याचका क्रममा दक्षिण अफ्रिकाका बेयूरन हेन्ड्रिक्ससँग अनुचित रुपमा ठोक्किन पुगेपछि उनले डि–मेरिट प्वाइट पाएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले कोहलीलाई अहिलेस्म्म तीन डि–मेरिट प्वाइट दिएको छ । अब १५ जनवरी २०२० सम्म एक डिमेरिट प्वाइन्ट थपिए प्रतिबन्ध लाग्नेछ ।

दुई वर्षको अवधिमा चार डि मेरिट प्वाइन्ट पाउने खेलाडी निलम्बनमा पर्नेछन् । कोहलीले पहिलो प्वाइन्ट १५ जनवरी २०१८ मा पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?