Comments Add Comment

साम्राज्ञीको साथमा आफू पढेको स्कुल पुगे अंकित

नव–नायक अंकित शर्मा आफूले अध्ययन गरेको विद्यालयमा नायिका साम्राज्ञी राज्यलक्ष्मीको साथमा चलचित्र प्रचारका लागि पुगेका छन् । काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा उनी सोमबार चलचित्रको यूनिटसँगै पुगेका थिए । उनले, १० कक्षासम्म सो विद्यालयमा पढ्दाको अनुभव सुनाए ।

अंकितले, परिवारको करकापमा के बन्ने भन्ने निर्णय गर्नु गलत भएको भन्दै आफूलाई जे बन्न मन लाग्छ, त्यतातर्फ नै ध्यान दिन आग्रह गरे । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भने होस्टेलमा बिताएको बाल्यकाल संझिएर भावूक बनेकी थिइन् । उनले, होस्टेलमा अध्ययन गर्दा परिवारलाई खुबै मिस गरेको पनि सुनाइन् ।

चलचित्रको निर्माण यूनिटले चलचित्र रिलिजका लागि केही दिन मात्र बाँकी रहँदा विभिन्न विद्यालय र कलेजको भ्रमण यात्रा थालेको छ । अशोक शर्मा निर्देशित चलचित्रले सामाजिक कथावस्तुलाई उठान गरेको छ । चलचित्रमा अंकित र साम्राज्ञीको अलवा नीता ढुंगाना, खुश्वु खड्का, रविन्द्र झा, वुद्दि तामाङ, बसुन्धरा भुषाल लगायतको मुख्य भूमिका छ । असोजको १० गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment