+
+

एनएमबि र ओमको मर्जर प्रक्रिया सकियो, आइतबारदेखि एकीकृत कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ७ गते १६:२०

७ असोज, काठमाडौं । एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंकबीचको मर्जर प्रक्रिया सम्पन्न भएको छ । पोखरा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको विकास बैंक ओमलाई गाभ्न एनएमबीको साउन २८ गते बसेको साधारणसभाले निर्णय गरेको थियो ।

एनएमबी बैंकका सीइओ सुनिल केसीले मर्जरको सम्पूर्ण प्रक्रिया सकिएको जानकारी दिए । उनले आगामी आइतबारबाटै बैंकको एकिकृत कारोबार सुरु हुने बताए । एकीकृत कारोबार शुभारम्भ समारोह भने शनिबार नै हुने भएको छ । समारोहमा गर्भनर चिरञ्जीवी नेपालले सम्बोधन गर्नेछन् ।

एनएमबी र ओमको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः ७६ रहने स्वीकृति साधारणसभाले प्रदान गरेको छ । जसमा ओम डेभलपमेन्ट बैंकका शेयरधनीहरुले ओम डेभलपमेन्ट बैंकको प्रत्येक १०० कित्ता बराबर एनएमबी बैंकको ७६ कित्ता शेयर प्राप्त गर्नेछन् ।

मर्जर पश्चात एनएमबी बैंकको कूल पूँजी तथा जगेडा कोषमा वृद्धि भई रु. २० अर्ब ४२ करोड हुनेछ भने निक्षेप र कर्जा क्रमशः रु. १ खर्ब १९ अर्ब र रु. १ खर्ब १३ अर्ब पुग्नेछ । दुई बैंक मर्जपछि पनि एनएमबी बैंक नै नाम रहने सहमति पत्रमा उल्लेख गरिएको छ । हाल एनएमबीले ११० वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

उता ओमले ५३ वटा शाखा र एक काउन्टरबाट सेवा दिदै आएको छ । मर्जरपछि बैंकको शाखा संख्या १६३ पुग्नेछ भने एक्सटेन्सन काउन्टर ५ वटा पुग्नेछ ।

एनएमबीको हाल १०१ एटीएम र ओमका १९ एटीएम छन् । मर्जरपछि बैंकको एटीएम संख्या १२० पुग्नेछ । यसैगरी मर्जरपछि बैंकको कूल पुँजी तथा जगेडा कोषमा वृद्धि भई २० अर्ब ४२ करोड रुपैयाँ हुनेछ ।

कर्मचारी समायोजन प्रक्रिया बैंकले केही साता अघिदेखि नै टुंगाइ सकेको छ । ओमका सीईओ विश्वमोहन अधिकारी भने मर्जरपछि बन्ने एनएमबी बैंकमा नरहने भएका छन् । डेपुटी सीईओ नपाउने भएपछि अधिकारीले अवकास रोजेका हुन् । तल्लो तहका कर्मचारीहरुको समयोजन भने सम्पन्न भइसकेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?