Comments Add Comment

सरकारले भष्ट्राचारलाई संरक्षण गर्‍यो : नेता खाँड

७ असोज, चितवन । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले बाहिर भ्रष्टाचार अन्त्य गर्ने नारा लगाए पनि भित्रीरुपमा संरक्षण गरिरहेको आरोप लगाएका छन् ।

कांग्रेसले थालेको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन मंगलवार नारायणगढको पूलचोकमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै खाँडले भ्रष्टाचारी कारबाही गछौं भन्दै हिँड्ने प्रधानमन्त्री र नेकपाका नेतालाई कांग्रेसले ऐना देखाइदिने बताए ।

सरकारले जनताको गुनासो सुन्न छोडेकोले अब कालो झण्डाको ठाउँमा ऐना देखाउने अभियान चलाउनुपर्ने नेता खाँडले बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीले गरेको प्रशिक्षण कार्यक्रमप्रति लक्षित गर्दै नेता खाँडले नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन बनेको टिप्पणी गरे ।

दुनियाँका कुनै पनि कम्युनिष्ट पार्टी राष्ट्रवादी हुनै नसक्ने दाबी गरे गर्दै नेता खाँडले भने ‘कम्युनिस्ट पार्टी चिनियाँको सिको गर्दै निरंकुश बन्न खोजिरहेको छ ।

‘पुलचोकमा सभा हुनुभन्दा पहिले भरतपुर चौबिसकोठीबाट कांग्रेस चितवनले विरोध र्‍याली निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment