
पाकिस्तानमा मंगलबार साँझ शक्तिशाली भूकम्प गएको छ । बीबीसीका अनुसार भूकम्पमा परेर कम्तिमा ४ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।
भूकम्पका कारण पाकिस्तान प्रशासित कश्मीरमा एक बालिकासहित ४ जनाको मृत्यु भएको र अन्य ८५ जना घाइते भएका छन् ।
भूकम्पको धक्का पाकिस्तान प्रशासित कश्मीरका साथै पाकिस्तानको राजधानी इस्लामावाद, लाहौर, पेशावर लगायतका क्षेत्रमा परेको छ ।
पाकिस्तान प्रशासित कश्मीरको मीरपुर जिल्लाका एसपी इरफान सलिमका अनुसार भूकम्पबाट ४ जनाको मृत्यु भएको छ । जसमा एक जना बालिका रहेकी छन् ।
भूकम्पका कारण ८५ जना मानिसहरु घाइते भएको र घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने उनले बताए ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर नजरल आसिफ गफूरले ट्वीट गर्दै भनेका छन्, सेनाको मेडिकल टोलीलाई घट्ना स्थलतर्फ पठाइ सकिएको छ ।
भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसम्म महशुस गरिए पनि क्षतिबारे कुनै जानकारी आइनसकेको बीबीसीले जनाएको छ ।
पाकिस्तानको पंजाबस्थित झेलम शहरदेखि करिब ५ किलोमिटर दुरीमा रहेको जाटलानमा केन्द्रविन्दु रहेको ५ दशमलब ८ रेक्टरस्केलको भूकम्प गएको युनाइटेड स्टेट जियोलजिकल सर्वेले जनाएको छ । भूकम्पका कारण ठाउँ ठाउँमा सडक भासिएका छन् ।
प्रतिक्रिया 4