Comments Add Comment

‘हाउसफुल ४’को फस्टलुकमा अक्षयको यस्तो अवतार

तिहारमा रिलिज हुन लागेको चलचित्र ‘हाउसफुल ४’को निर्माणपक्षले बल्ल प्रचार सुरु गरेको छ । यो चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको प्रचार सुरुवात गरिएको हो । सार्वजनिक पोस्टरमा अक्षय कुमारलाई फिचरिङ गरिएको छ । चलचित्रको निर्माणपक्षले हरेक घन्टा एउटा पोष्टर सार्वजनिक गर्ने बताएको छ ।

यसअघिका तिन वटै सिरिज निकै नै सफल मानिएकाले पनि ‘हाउसफुल ४’ प्रतिक्षामा थियो । फर्हाद सम्जीको निर्देशनमा बनेको ‘हाउसफुल ४’ लाई सजिद नाडियवालाले निर्माण गरेका हुन् । चलचित्र निर्माणमा फक्स स्टार स्टुडियोको पनि सहकार्य छ ।

यो चलचित्रमा रितेश देशमुख, बबी देवल, कृती सेनन, पूजा हेगडे, चंकी पाण्डे, कृती खरबन्दा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले बक्स अफिसमा धमका मच्चाउने अपेक्षा गरिएको छ । केही बर्ष अगाडिको कथामा यसपटक निर्देशकले चलचित्र निर्माण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment