Comments Add Comment

‘कबड्डी’ निर्माताको प्रेममा बेनिशा

नायिका बेनिशा हमाल अहिले घुमफिरमा व्यस्त छिन् । साइन गरेका केही चलचित्रको छायांकन सुरु नहुँदा बेनिशाले आफ्ना लागि समय दिन पाएकी हुन् । तर, उनै बेनिशा अहिले एक जना निर्माताको प्रेममा परेको खबर चलचित्र वृत्तमा चर्चामा छ । नायिका बेनिशा हमाल चलचित्र ‘कबड्डी’का निर्माता रौनक विक्रम कँडेलको प्रेममा छिन् ।

राम्रो चलचित्र मेकिङ गर्दै आएका कारण पनि रौनक चलचित्र क्षेत्रमा जमिरहेका छन् । बेनिशासँगको प्रेमका कारण अब उनको चर्चा प्रेममा रंगिने पक्का छ । बेनिशा र रौनक केही महिनादेखि प्रेममा रहेको वुझिएको छ । नायिका बेनिशा हमाल र निर्माता कँडेलले भने यो बिषयमा केही पनि बोलेकी छैनन् ।

तर, उनीहरुको प्रेम फक्रिने क्रममा रहेको छ । बेनिशाको प्रेम चर्चा खासै भएको पाइदैन । चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै बेनिशा प्रेम चर्चाले रंगिएकी थिइनन् । तर, अब रौनकको प्रेमले उनलाई चर्चामा ल्याउने पक्का छ ।

अनलाइनखबरलाई प्राप्त तस्वीरमा बेनिशा र रौनक एक अर्काको प्रेममा खुशी देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment