Comments Add Comment

प्रियंका भन्छिन्–‘सलमानसँग कुनै दुश्मनी छैन’

नायक सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘भारत’को लागि सुरुमा नायिका प्रियंका चोपडा पक्का भएकी थिइन् । तर, समय नमिलेपछि प्रियंकाले उक्त चलचित्रमा काम गरिनन् र नायिका कट्रिना कैफले चलचित्रमा काम गरिन् ।

यही कुरालाई लिएर ‘भारत’ रिलिजको समयमा सलमानले प्रियंकाले धोका दिएको बताएका थिए । सुटिङ सुरु हुन केही दिन मात्र बाँकी रहँदा प्रियंकाले चलचित्रमा काम नगर्ने भनेपछि सलमान रिसाएका थिए । प्रियंकाले त्यो बेला आफ्नो बिबाहलाई कारण बनाएकी थिइन् ।

सलमानको आरोपमा प्रियंकाले बल्ल जवाफ फर्काएकी छिन् । हाल आफ्नो नयाँ चलचित्र ‘स्काई इज पिंक’को प्रचारमा रहेकी प्रियंकाले सलमानलाई धोका नदिएको बताइन् । उनले भनिन्–‘मैले सलमानलाई धोका दिएको होइनँ । मैले उनीसँग सल्लाहा गरेर नै चलचित्र छाडेको हुँ ।’

उनले सलमान आफ्नो बिबाह पार्टिमा सहभागी भएको कुरा पनि बताएकी छिन् । उनले थपेकी छिन्–‘सलमान हाम्रो बिबाहको पार्टिमा पनि आएका थिए । उनको बहिनी मेरो मिल्ने साथी भएका कारण पनि म उनको घर पुगिरहेकी हुन्छु । हामीबीच कुनै पनि दुश्मनी छैन ।’

सलमान मिहिनेती भएको भन्दै प्रियंकाले उनीसँग काम गर्न आफू सधै नै तयार रहने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment