Comments Add Comment

‘बिहेअघि सेक्स’मा प्रतिवन्ध लगाउने विधेयकले हंगामा

काठमाडौं । इन्डोनेसियामा विवाह अघि यौन सम्बन्ध राख्न प्रतिबन्ध लगाउने विधेयक ल्याएपछि सुरु भएको प्रदर्शन हिंसात्मक बनेको छ ।

विवादास्पद विधेयकको विरोधमा थुप्रै शहरमा प्रदर्शन भएको छ । संसद अगाडि प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई लक्षित गरी प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा हानेको छ ।

विशेषतः प्रस्तावित इन्डोनेसियाली विधेयकमा ‘गर्भपतन’ र ‘राष्ट्रपतिलाई अपमान’ अवैध मानिएको छ ।

तर विरोधका कारण पास हुन सकेको छैन । प्रदर्शनकारीहरुले भने विवादकै बीच संसदबाट यो विधेयक पास हुने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

विवादित विधेयकमा के छ ?

प्रस्तावित विधेयकमा नयाँ आपराधिक कोड छ, जुन केहि यस्तो छन्–

–विवाह अघि सेक्स एक दण्डनीय अपराध मानिन्छ र यसो गरेमा एक वर्ष जेल सजाय हुनसक्छ ।

–विवाह हुनु अघि सँगै बस्नु, लिभ–इन सम्बन्धमा बस्नु पनि अपराध मानिन्छ र ६ महिनासम्म जेल हुन सक्छ ।

–राष्ट्रपति, उपराष्ट्रपति, धर्म, सरकारी संस्था र राष्ट्रिय झण्डा वा राष्ट्रिय गान जस्ता राष्ट्रिय प्रतीकहरूको ’अपमान’ अवैध छ ।

–गर्भपतन एक दण्डनीय अपराध हो । बलात्कार र चिकित्सा आपतकालीन घटनाहरु बाहेक, अन्य सर्तहरूमा गर्भपतन गराए चार वर्ष जेल सजाय हुन सक्छ ।

यो विधेयकमाथि मंगलबार मतदान गर्ने कार्य सूची थियो । तर राष्ट्रपति जोको विडोडोले यो कार्य सूचीलाई शुक्रबारसम्मका लागि स्थगित गरेका छन् । राष्ट्रपति विडोडोले विधेयकमाथि थप विचार गर्नु आवश्यक ठानेको बताइएको छ ।

किन विरोध भइरहेको छ ?

राष्ट्रपतिले विधेयकमाथि थप छलफल आवश्यक रहेको बताएका छन् । तर, पनि संसदले यो विधेयक पास गर्ने भन्दै यहाँका जनताले चिन्ता व्यक्त गरिरहेका छन् ।

नयाँ विधेयकमा भ्रष्टाचार निवारण आयोगलाई कमजोर पारेको भन्दै इन्डोनेसियाका जनताले आक्रोश पोखेका छन् । इन्डोनेसियामा भ्रष्टाचारीहरुलाई कारबाही गर्ने मुख्य निकाय भनेकै भ्रष्टाचार उन्मूलन आयोग हो ।

विधेयकको विरोधमा हजारौं प्रदर्शनकारीले इन्डोनेसियाको विभिन्न भागमा प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमा युवा प्रदर्शनकारीहरू उत्साहित भएर प्रदर्शनमा सहभागी भएका छन् । धेरै ठाउँमा हिंसात्मक घटना पनि भएका छन् ।

राजधानी जकार्तामासंसद भवन अगाडि प्रदर्शन भएको छ । प्रदर्शनकारीलेसभामुख बामबांग सोसैतियालाई भेट्न पाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका थिए । सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको थियो ।

प्रदर्शनकाकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए भने जवाफमा प्रहरीले अश्रु ग्यास र पानीको फोहोर हानेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment