+
+
Shares

सुजुकीको अन्तर्राष्ट्रियस्तरको भब्य र सानदार शो-रुम नक्सालमा (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ८ गते २०:२८

८ असोज, काठमाडौं । नक्सालमा सिजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा  सुजुकी फोर ह्वीलर्स नेपालले सुजुकी कारको अन्तर्राष्ट्रिय स्तरको शोरुम खोलेको छ । गाडीमा चासो राख्ने जो-कोही पनि शो-रुम पुग्दा एक पटक देखेपछि प्रवेश गर्न इच्छा राख्न सक्छन् । किनभने सुजुकीले आफ्नो नयाँ  शो-रुमलाई भब्य र शानदार रुपमा प्रस्तुत गरेको छ ।

४५५४ स्क्वायर फूटमा फैलिएको शो-रुम नेपालको सीमित आधुनिक अटो शो-रुम मध्ये एक हो । शो-रुमलाई विशेष लाइटसहित विभिन्न तरिकाबाट आकर्षक रुपमा सजाइएको छ ।

यो देख्दा आकर्षक मात्रै हैन, ग्राहकका लागि हामीले सुविधायुक्त पनि बनाइएको छ ।

उक्त शोरुमको उद्घाटन सुजुकी मोटर कर्पोरेशन जापानका प्रबन्ध अधिकारी किन्जी साइतो र सिजि होल्डिङ्गसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रुपमा गरे ।


हालै सञ्चालनमा ल्याइएको शोरुम  स्क्वायर फिट क्षेत्रमा फैलिएको छ । यस शोरुममा अत्याधुनिक ग्राहक लन्ज, मिटिङ्ग एसिया, एक्स्चेन्ज सुविधा तथा फाइनान्स सुविधाका लागि पर्याप्त क्षेत्र रहेको छ ।

अन्तर्राष्ट्रिय शुजुकी ब्राण्डको निर्देशन अनुरुप निर्माण गरिएको यस शोरुममा सहजै आवत जावत गर्न, अवलोकन गर्न सकिन्छ । यस शोरुममा हालै बजारमा ल्याइएका स्मार्ट हाइबि्रड गाडीका रेन्जहरु एसक्रस, सियाज, इर्टिगा तथा एक्सएल ६ उपलब्ध छन् ।

ग्राहक एवं कम्पनी बीचको सम्बन्धलाई अझै मजबुत बनाउने उद्देश्य सहित शुभारम्भ गरिएएको यो सुजुकीको ३७औं आउटलेट हो ।

यहाँबाट सेल्स, सर्भिस र स्पेयरपार्ट सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिने छ । ग्राहकवर्गको सहजताको लागि यस शोरुमले उत्कृष्ट सेवा प्रदान गर्ने कार्यकारी निर्देशक करण चौधरीले बताए ।


‘ग्राहकको सन्तुष्टिलाई नै आफ्नो प्रमुख ध्येयको रुपमा लिँदै आएको सिजि मोटोकर्पले स्थापना गरेको नक्सालस्थित आउटलेटमा उपलब्ध भएका अत्याधुनिक सुविधाहरुले सेल्स तथा सेल्स सम्बन्धी चरणको एक नयाँ अध्याय स्थापना गर्ने विश्वास लिइएको छ,’ उनले भने ।

नेपालमा सुजुकीको ३७ स्थानमा सेल्स आउटलेटहरु, ३९ स्थानमा सर्भिस सेन्टरहरु तथा ३५० भन्दा बढी सर्टिफाइड पार्टस् आउटलेटहरु छन् ।

यी स्थानहरुबाट हालै बजारमा उपलब्ध भएका स्मार्ट हाइबि्रड रेन्ज लगायत बृहत् उत्पादनहरु उपलब्ध रहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?