Comments Add Comment

अमिताभलाई ‘दादासाहेब फाल्के अवार्ड’

बलिउडमा लामो समयदेखि सक्रिय रहेका नायक अमिताभ बच्चनलाई भारतकै प्रतिष्ठित ‘दादासाहेब फाल्के अवार्ड’बाट सम्मानित गरिने भएको छ । भारतीय चलचित्रको विकास र वृद्धीमा उल्लेखनिय भूमिका खेलेको भन्दै उनलाई यो अवार्ड प्रदान गर्न लागिएको हो ।

भारतका सूचना तथा प्रशारण मन्त्री प्रकाश जाभादेवकरले ट्विटरबाट यो कुराको जानकारी गराएका छन् । उनले लेखेका छन्–‘दुइवटा जेनेरेनशालाई लामो समयदेखि मनोरञ्जनको दुनियाँबाट प्रभावित बनाउँदै आएका बरिष्ठ कलाकार अमिताभ बच्चनलाई दादासाहेब फाल्के अवार्ड प्रदान गर्न लागिएको छ । यो खबरले भारतीय जनता र विश्व समुदाय नै खुशी छ ।’

यो अवार्डको घोषणा भएसँगै अमिताभलाई बलिउडका कलाकारले बधाई दिइरहेका छन् । तर, अमिताभ आफैले पनि यो खुशी रोक्न सकेनन् । ट्विट गर्दै उनले भनेका छन्–‘मलाई तपाइहरु सबैलाई धन्यवाद दिनका लागि शब्द नै मिलिरहेको छैन ।’

दश लाख नगद पुरस्कार र गोल्डेन लोटससहित यो अवार्ड प्रदान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment