+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

पिज्जा वर्ल्डको तेस्रो आउटलेट पेप्सीकोलामा, ओपनिङमा २५ प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ९ गते १०:१२

९ असोज, काठमाडौं । काठमाडौंको बौद्धबाट सुरु भएको पिज्जा वर्ल्ड नेपालले आफ्नो स्थापनाको तीन बर्षको अवधिमा तेस्रो शाखा संचालनमा ल्याएको छ । झण्डै दुई बर्ष अगाडि ललितपुरको कुमारीपार्टीमा दोस्रो शाखा विस्तार गरेको पिज्जा वल्र्डले पेप्सीकोला फुटबल ग्राउण्डमा तेस्रो शाखा खोलेको हो ।

पेप्सीकोला शाखाको बिहिबार कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गरेका हुन् ।

करिब एक करोडको लगानीमा पिज्जा वर्ल्डको उक्त शाखा विस्तार गरिएको हो । स्थापना भएको छोटो अवधिमा नै ग्राहकको राम्रो रेस्पोन्स पाएकाले पिज्जाका पारखीहरूको मागलाई ध्यानमा राख्दै शाखा विस्तार गरिएको पिज्जा वल्र्डले जनाएको छ । सेवा र स्वादमा उत्कृष्टता ल्याउन आफूहरुले मेहनत गरेको र ग्राहकहरुले त्यसलाई रुचाउँदा छोटो समयभित्रै चेन खोल्न सफल भएको संचालक उद्धव खड्का बताउँछन् ।

वर्षौदेखि स्वदेश तथा विदेशमा पिज्जा रेष्टुरेन्टमा काम गरेका दक्ष युवाहरूबाट सञ्चालित यो पिज्जा वल्र्ड नेपालकै सस्तो पिज्जा रेष्टुरेन्ट पनि हो । जहाँ नेपालकै सबैभन्दा ठूलो साइजको पिज्जा पाइने गरेको छ ।

‘पिज्जा वल्र्ड’ मा चार किसिमका क्रस्टमा ५० प्रकारका पिज्जा उपलब्ध रहेको अर्का संचालक खड्का बताउँछन् । ‘पिज्जा वल्र्ड’ मा मुख्यगरी प्यान पिज्जा, शसेज वाइट्स पिज्जा, चिज लोडेड पिज्जा सहित पास्ता लगायतका स्वादिष्ट्र खानेकुरा उपलब्ध छन् ।

निम्न, मध्यम र सबै खाले बर्गलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको यो पिज्जा वल्र्ड सस्तो मात्र छैन उतिकै गुणस्तरीय पनि रहेको सञ्चालकको दाबी छ । विभिन्न ˆलेभर र साइजमा पाइने पिज्जाको मूल्य १ सय ८० रुपैयाँदेखि एक हजार ८ सय रुपैयाँ सम्म पर्छ।

शान्त पारिवारिक वातावरण र फ्रेन्डली सेवा दिंदै आएको पिज्जा वल्र्डले आफ्ना ग्राहकहरुका लागि निशुल्क होम डेलिभरीको सुविधा समेत दिंदै आएको छ । साथै पिज्जा वल्र्डले विशेष अवसरहरु बर्थ डे, एनिभर्रसरी लगायतमा फि्र सेलिब्रेशन समेत दिने गरेको छ । पिज्जा वल्र्डमा कसैले जन्मदिन मनाउन चाहेमा आफूहरुले नै त्यसको व्यवस्थापन गर्ने र सबैको अगाडि विशेष समारोह गरेर सेलिब्रेट गर्ने गरेको संचालकहरु बताउँछन् ।

रेष्टुरेन्ट विहान १० बजेदेखि राति ९ बजेसम्म खुला रहने छ । नयाँ शाखा संचालनको अवसरमा पिज्जा वल्र्डले २५ प्रतिशतसम्म छुट समेत प्रदान गरेको छ । साथै, दशैं तिहारको टिकाको दिनमा बाहेक अन्य सबै दिन पिज्जा वल्र्ड संचालनमा रहने संचालकले जानकारी दिए। घरमै मगाएर पिज्जा खानको लागि पिज्जा वल्र्डको फेसबुक वा फोनमा सम्पर्क गरेर अर्डर समेत दिन सकिनेछ ।

बौद्ध , कुमारी पार्टी र पेप्सीकोलामा गरी ५२ जना युवाहरुले प्रत्यक्ष रोजगारी पाएका छन् । नयाँ खुलेको पेप्सीकोला शाखामा १६ जनाले रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?