Comments Add Comment

भृकुटीमण्डपमा जुत्ता चप्पलको दशैं मेला, ७५ प्रतिशतसम्म छुट

९ असोज, काठमाडौं । नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादक ४ वटा उद्योग मिलेर सोमबारदेखि भृकुटीमण्डपको प्रदर्शनीस्थलसँगैको ठूलो चौरमा बडादशैं जुत्ताचप्पल ब्यापार मेला सुरु गरेका छन् ।

मेलामा बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज र सुल्याण्डका जुत्ताचप्पल राखिएका छन् । चाडबाडलाई लक्षित गरेर आयोजना गरिएको मेलामा २ सय ५०, ५ सय, ८ सय, १ हजार र १५ सय रुपैयाँमा छानीछानी विभिन्न डिजाइनका जुत्ताचप्पल उपलब्ध गराइएको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए ।

‘मेलामा दशैंको किनमेल गर्ने उपभोक्तालाई १० देखि ७५ प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध गराइरहेका छांै,’ न्यौपानेले भने । मेला आगामी असोज १७ गतेसम्म चल्ने छ ।

मेलामा नेपाली कांग्रेसका सभापति शे बहादुर देउवाले दशै तिहारको अवसर पारेर भृकुटीमण्डपमा आयोजित एक्स्पोको अवलोकन गरे । काठमाडौको भृकुटीमण्डपमा ठूलो चौरमा  ४ वटा प्रतिष्ठित जुत्ता चप्पल कम्पनीले गरेको प्रर्दशनीमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले आफ्नो लागि केहि किनमेल गरे ।

देउवालाई सांसद राजभण्डारीले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य रामकृष्ण प्रसाईको कम्पनी शिखर शुज सहितले भृकुटीमण्डपको चौरमा गरेको जुत्ता चप्पल मेलामा लगेका थिए ।

शिखर, विएफ डीएरहील, रन र शुल्याण्डले गरेको मेलामा देउवाले जुत्ता समेत किन्न भ्याए। शिखरको कालो क्याजुयल शुज लिएका उनले अन्य स्टल समेत अवलोकन गरे। सँगै गएका राजभण्डारीले शिखरबाट दुई जोर र वीएफ डीएरहीलबाट एक जोर जुत्ता किनेका थिए ।

उनले गुणस्तरीय नेपाली जुत्ता उत्पादन हुन थालेपछि विदेशी जुत्ता लगाउन कम गरिएको बताए।नेपालमा बनेका जुत्ताहरुको मेला चासोपूर्वक अवलोकन गरि देउवाले किनमेल समेत गर्दा व्यवसायीहरु उत्साहित देखिन्थे ।

मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् ।

मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिर्फम जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ता चप्पल छन् ।

जुत्ता उत्पादक कम्पनीले दशैंलाई लक्षित गरेर उत्पादन गरेका नयाँ मोडलका जुत्ताचप्पल समेत उपलब्ध गराइएको छ । जुत्ता चप्पल मेला दशैंको किनमेल गर्ने उपभोक्तालाई सस्तोमा किन्ने अभूतपूर्व मौका हुने विएफ डियर हिलका अध्यक्ष होमनाथ उपाध्यायको भनाइ छ । ‘मेलामा कुनै एउटा ब्राण्डका जुत्ताचप्पल मन नपरे पसलपसल चाहारेर खोज्दै हिँड्न पर्दैन,’ उनले भने, ‘आफूले खोजेको ब्राण्ड एकै ठाउँमा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment