Comments Add Comment

क्यान अधिवेशन आजदेखि, अध्यक्षमा पाण्डे र चन्द भिड्दै

१० असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आजबाट सुरु हुँदैछ । नक्सालस्थित एक होटलमा आज दिउँसोदेखि सुरु हुने क्यानअधिवेशनमा निर्वाचन भने शनिबार हुनेछ ।

लामो समयदेखि क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बनमा छ । यो निर्वाचनबाट क्यान निलम्बन फुकुवाको बाटो खुल्ने ठानिएकाे छ ।

निर्वाचनमा विनयराज पाण्डे र चतुरबहादुर चन्दबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने निश्चित भएको छ । विनयराज पाण्डे क्यानका पूर्व अध्यक्षसमेत हुन् । यता, चतुरबहादुर चन्द भने क्यानका उपाध्यक्ष भइसकेको व्यक्ति हुन् भने २०७२ मा भएको क्यानको अभिवेशनबाट अध्यक्ष पनि भए तर निष्पक्ष र पारदर्शी नभएको भन्दै उनको नेतृत्वको क्यानलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको थिएन । पछि राखेपले रमेश सिलवालको अध्यक्षमा क्यानको तदर्थ समिति गठन गरेपछि विवादले उग्र रुप लिएको थियो ।

विवाद पछि आईसीसीले सरकारी हस्तक्षेप र क्यान निर्वाचन निष्पक्ष नभएको भन्दै ०७३ मा प्रतिबन्ध लगाएको थियो । त्यही क्यानको प्रतिबन्ध अहिले फुकुवा नजिक छ ।

जिल्लाबाट ३९ र प्रदेशबाट २० गरी ५९ प्रतिनिधिले १७ सदस्यीय क्यानको केन्द्रीय कार्यसमितिका लागि भोट गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment