Comments Add Comment

नियम तोडेको भन्दै बार्सिलोनालाई ३०० युरो जरिवाना

१० असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनालाई एन्टोनी ग्रिजम्यान भित्र्याउँदा नियम तोडेको भन्दै कारबाही गरिएको छ ।

स्पेनिस फुटबल फेडेरेसनले नियमविपरीत ग्रिजम्यानलाई क्लबमा अनुबन्धन गरेको भन्दै बार्सिलोनालाई ३०० युरो जरिवाना गरेको हो । बार्सिलोनाले एथ्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा गत जुलाईमा अनुबन्ध गरेको थियो ।

उता, एथ्लेटिको मड्रिडले भने रिलिज क्लोउजभन्दा कम रकममा लगेको भन्दै स्पेनिस फुटबल फेडेरेसनमा उजुरी दिएको थियो । एथ्लेटिको मड्रिडले ग्रिजम्यानको २०० मिलियन युरो रकमको क्लोउज रिलिज तय गरेको बताएको थियो । उजुरीउपर सुनुवाइ गर्दै फेडेरेसनले बार्सिलोनालाई कारबाही गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment