+
+
Shares

राखी भन्छिन्–‘अबदेखि चुम्ब्न र बेडसिनको दृश्य दिन्नँ’

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १० गते १२:४०

बलिउडकी गसिप क्विन राखी सावन्तले केही समय अगाडि बिबाह गरेकी छिन् । राखीले गोप्य रुपमा एनआरआइसँग बिबाह गरेकी हुन् । राखी आफैले हनिमुनका तस्वीरहरु सार्वजनिक गरेपछि उनको विवाहको खबर बाहिरिएको थियो ।

बलिउडमा उत्तेजक हाउभाउबाट नै चर्चामा आएकी राखीले अब भने त्यस किसिमको भूमिकामा काम नगर्ने बताएकी छिन् । उनले आफू अब बिबाहित भएको र त्यस्ता दृष्यहरु दिन नमिल्ने तर्क गरेकी छिन् ।

भारतीय मिडियासँग कुरा गर्दै उनले भनेकी छिन्–‘पहिला म एक्लो थिएँ । जे गरे पनि आफ्नो रुचीले गर्थेँ । अहिले म बिबाहित छु । मेरो श्रीमानलाई आपत्ती लाग्ने कुनै दृष्यहरुमा काम गर्नेछैन ।’

उनले आफूले अब किस र बेड सिन दुबै नदिने पनि बताएकी छिन् । कुनै पनि चलचित्रबाट अफर आयो भने श्रीमानलाई सल्लाह लिएर काम गर्ने उनको भनाई छ । उनले थपेकी छिन–‘मलाई श्रीमानले धेरै माया गर्नुहुन्छ । त्यसैले मैले पनि उहाँको चित्त दुखाउन हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?