Comments Add Comment

एभर्टनमाथि म्यानचेस्टर सिटीको जित

Photo Credit : प्रिमियर लिग

१२ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा एभर्टनलाई उसैको घरेलु मैदानमा सिटीले ३-१ गोलन्तरले पराजित गरेको हो । सिटीको जितमा ग्राबियल जिसस, रियाद महरेज र रहिम स्ट्रर्लिङले गोल गरे । एभर्टनका लागि डोमिनिक लेविनले गोल गरे ।

जिससले खेलको २४ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । तर खेलको ३३ औं मिनेटमा लेविनले गोल गरेपछि एभर्टनले सिटीलाई पहिलो हाफसम्म १-१ गोलको बराबरीमा रोकेको थियो ।

खेलको ७१ औं मिनेटमा महरेज र ८४ औं मिनेटमा रहिमले गोल गरेपछि सिटीले एभर्टनमाथि ३-१ गोलको जित निकालेको हो ।

जितपछि सिटीले सात खेलबाट १६ अंक बनाउँदै दोस्रो स्थानमा छ । लिगको शीर्ष स्थानमा भने लिभरपुल छ । लिभरपुलको सात खेलबाट २१ अंक छ । एभर्टन भने सात खेलबाट सात अंकसहित लिगको १५औं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment