Comments Add Comment

‘च च हुई’को ‘जवानी’मा अलिसासँग रोमान्टिक आर्यन

मंसिरको ६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ च च हुई’को दोश्रो गीत ‘जवानी’ सार्वजनिक भएको छ । चलचित्रमा समावेश आइटम गीतलाई दशैंको अवसर पारेर निर्माणपक्षले सार्वजनिक गरेको हो ।

सार्वजनिक आइटम गीतमा नायक आर्यन सिग्देल र मोडल एलिशा शर्मा देखिएका छन् । बालाजुस्थित एनएफडीसीमा सेट लगाएर गीतको छायांकन गरिएको थियो । शिशिर खातीको कोरियोग्राफीमा तयार भएको भिडियोमा आर्यन र एलिशाको ग्ल्यामर अवतारलाई समेटिएको छ । गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द छ भने रोशन थापाको संगीत छ । रोशन र सुमन गुरुङको गीतमा स्वर छ । चलचित्रमा सम्पादन र निर्देशन साम्तेन भुटियाको छ ।

चलचित्रमा आर्यनसँगै भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतको अभिनय छ । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाको लगानी रहेको चलचित्रलाई कमेडी जनरामा निर्माण गरिएको छ । चलचित्रमा सुशन प्रजापतिको छायांकन, सिजन दाहाल र सन्देश अर्यालको पटकथा छ ।

नायक आर्यन सिग्देलले यो चलचित्र आफ्ना लागि विशेष रहेको बताए । लामो समयपछि आफू आइटम गीतमा देखिएको भन्दै आर्यनले गीतको ताल अनुसार आफूलाई प्रस्तुत गरेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment