+
+
Shares

सिटिजन्स बैंकका अध्यक्ष भण्डारीद्वारा सपथ ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १२ गते १८:५३

१२ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बैंकको संचालक समितिको ३१४ औं बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा मनोनित भएका राजन सिंह भण्डारीलाई गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

बैंकको स्थापनाकालदेखि पुस २०७५ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा सफल कार्यकालपुरा गर्नु भएका भण्डारीले आगामी ४ बर्षको कार्यकालका लागि पदभार ग्रहण गरेका हुन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेे आर्थिक वर्ष २०७५/७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ ।

बैंकले सोहि अवधिभित्र रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरी अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ ।

संघीयतालाई दह्रो र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडि सारेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?